
पोखरा, २४ वैशाख । नेकपा (एमाले) पार्टी जोगाउनुपर्ने भन्दै गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
उनीहरुले नेकपा एमाले पार्टी जीवन्त गतिशील पार्टी हो भन्दै पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोध देखा परिरहेको र यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याईरहेको महसुस गरेको बताएका छन् ।
‘कम्युनिष्टको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेतालाई एकताबद्ध भइ नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं, विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति जारी गर्नेमा कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा (पारस), तनहूँका केदार सिग्देल, लमजुङका धनञ्जय दवाडी, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बागलुङका इन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका रोशन गाहा छन् ।







काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



