पशुपति चौलागाईं रहेनन्

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेकपा एमालेका नेता चौलागाईंको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

नेकपा (एमाले) केन्द्रीय सदस्य चौलागाईं प्रजातान्त्रिक राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष समेत हुन् ।