
भारत, १२ जेठ। ‘यास’ चक्रवातको प्रभावले हुने क्षति कम गर्न भारतको पश्चिम बंगालमा सेना परिचालन गरिएको छ। त्यहाँको सरकारले चक्रवातको असरले हुने क्षति कम गर्न पश्चिम बंगालका १० सहरमा सेना खटाएको हो।
हावडा, हुगली, पूर्व र पश्चिम मेदिनीपुरसहित १० जिल्लामा उद्दार र राहतको लागि सेनाका १७ कम्पनीलाई जिम्मा दिइएको भारतीय संचार माध्यमले जनाएका छन्।
चक्रवातकै कारण हुनसक्ने क्षति कम गर्नको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा आवातजावतमा रोक लगाइएको छ। चक्रवातको असरले भारी वर्षा हुँदा तटीय क्षेत्र डुबानमा परेको छ ।
राजधानी कोलकतामा पनि बुधबार बिहानैदेखि फ्लाइओभरमा सवारी साधनलाई ओहोरदोहोर गर्न दिइएको छैन। यद्यपि कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणको लागि लकडाउन लागू भएकाले निकै कम मात्र गाडी चलेका छन् ।

यसैबीच मुख्यमन्त्री ममता बनर्जी मंगलबारदेखि नै राज्य सचिवालयमा बनेको कन्ट्रोल रुममा बसेकी छन्।उनले चक्रवातको असर कम गर्न घरबाट ननिस्कन सबैसँग अनुरोध पनि गरेकी छन् ।
भारतीय मौसम विभागका अनुसार अहिले ‘यास’ चक्रवात समुद्र तटीय सहर दीघाभन्दा ७० किलोमिटर दूरीमा छ। यो दिउँसोपछि जमिनमा ठोक्किने अनुमान गरिएको छ। यसकै असरले कोलकोत्तासहित तटवर्ती इलाकामा मंगलबार रातिदेखि नै हावाहुरीसहित भारी वर्षा भइरहेको छ ।
बंगालको खाडीमा बनेको यहि चक्रवातकाे असरले नेपालमा बुधबार, बिहीबार र शुक्रबार विभिन्न ठाउँमा पानी पर्नुका साथै हिमपात हुने मौसमविद्ले पूर्वानुमान गरेका हुन्।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




