सानिमा बैंकको धादिङको मलेखुमा शाखा बिस्तार

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । सानिमा बैंकको पछिल्लो शाखा धादिङ जिल्लाको मलेखुमा स्थापना गरिएको छ । बैंकले मलेखुमा गरेको शाखा बिस्तारसंगै बैकिङ सेवालाई पनि आजबाटै संचालनमा ल्याएको छ ।

आयोजित एक समारोहबीच ब्राण्ड प्रवर्धक बरिष्ठ हास्य कलाकार जोडि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र संचालक वलराम पराजुलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।

समारोहमा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले मलेखुमा बैंकको शाखा संचालन गरिएकोमा बधाई दिदैं ग्राहहरुबीच विश्वसनिय सेवा प्रदान गर्नेमा ढुक्क भएको बताए । साथै बैकिङ सेवामा सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे ।

बैंक संचालक पराजुलीले बैंक सबैको सहभागिता, सहयोग र संरक्षणले अगाडी बढ्ने अपेक्षा गरेको बताए । बैंकका देशका सातै प्रदेशमा गरी ११९ वटा शाखा कार्यालय भएका छन् । ९७ वटा एटिएमबाट ग्राहकले सेवा लिईरहेका बैंकले जनाएको छ ।