
काठमाडौं, २४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन् । उनले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औँल्याए।
अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका सन्दर्भमा ‘युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो अडान स्पष्टरूपमा राखेको बताए । जलवायु परिवर्तन र यसले पारेको प्रभावलाई न्यून गर्न सञ्चारमाध्यमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै उनले सक्रिय सहभागिताका लागि आग्रह गरे।
वातावरण संरक्षण र जलवायु परिवर्तनका सन्दर्भमा जनचेतना जगाउन सञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले सरकारले पनि अल्पकालीन र दीर्घकालीन योजनाका साथ जलवायु परिवर्तनको मुद्दामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्रले पनि यस्ता मुद्दामा हातेमालो गर्न जरुरी रहेको भन्दै सहकार्यका लागि आह्वान गरे। सरकारले जलवायुमैत्री नीति तय गरेर काम गरिरहेको तथा अन्तर्राष्ट्रिय जलवायु सम्मेलनका क्रममा समेत स्पष्टरूपमा आफ्ना एजेण्डा प्रस्तुत गरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले सरकारले शून्य कार्बनको नीतिका साथै वन जङ्गल फँडानीसमेतलाई शून्यमा झार्न लागिपरेको उल्लेख गरे।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो । यस्तै जलवायु एवं वातावरणको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्था एवं व्यक्तिसमेतको सन्देश प्रस्तुत गरिएको थियो । अन्नपूर्ण मिडिया नेटवर्र्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जलवायु परिवर्तका मुद्दालाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्दै सञ्चारमाध्यमका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। जलवायु परिवर्तनका मुद्दामा सरकारसँग सहकार्य गरेर अघि बढ्नेसमेत उनको भनाइ थियो ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



