
काठमाडौं, ९ साउन । आर्थिक वर्ष २०७८-७९ मा नेपालमा विश्वका १६४ देशबाट विभिन्न मालसामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको समग्र तथ्याङ्क अनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।
उक्त तथ्याङ्कअनुसार एक वर्षमा सबैभन्दा धेरै अर्थात् १२ खर्ब १५ करोड २७ लाख रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ । यस अवधिमा भारततर्फ १ खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात पनि भएको पाइएको छ । यसबाट नेपालको भारतसँगको व्यापार घाटा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढी पुगेको छ ।
यसपछि सबैभन्दा बढी सामान चीनबाट आयात भएको छ । गत आर्थिक वर्षभरी चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको छ। यस्तै ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात भएकाले चीनसँगको व्यापार घाटा पनि २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको पाइएको छ । आव गत आर्थिक वर्षमा नेपालले २ खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात तथा त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको तथ्याङ्क छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएको छ ।
सम्बन्धित समाचार








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




