
प्लास्टिक झोलाहरु
काठमाडौं, १ भदौ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि-वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध गरेको छ ।
वातावरण विभागले एउटा सूचना जारी गर्दै आज अर्थात् भदौ १ गतेबाट नियम लागू हुने र यसको कार्यान्वयन भए नभएको बारे कडा अनुगमन गर्ने जनाएको छ । विभागले यसअघि गत साउन २० गते सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट यसको कार्यान्वयनमा कडाई गरिने जनाएको थियो ।
नेपाल सरकारले गत २०७८ साल असोज १९ गते राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर यसको प्रभावकारी पालना तथा अनुगमन हुन सकेको थिएन । तर वातावरण प्रदूषण तथा मानवीय जोखिमलाई ध्यानमा राखेर आजदेखि कडाईका साथ ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि-वितरण तथा प्रयोग पूर्ण रुपमा निषेध गर्न लागिएको विभागले जनाएको छ ।
आजबाट अनुगमन गर्दा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
ऐन अनुसार नियम उल्लङ्घन गरेमा १० लाख रुपैयाँसम्म नगद जरिबाना तथा उत्पादन तथा आयात गर्ने कम्पनीलाई ५ वर्षसम्म कालोसूचीमा राखिनेछ । यस्तै अदालती कारबाही र जेल सजायसम्म हुने पनि उल्लेख छ। यस्तो संवेदनशील वस्तुको प्रयोग रोक्नका लागि उपयुक्त र सहज उपायका रुपमा सबै सपिङ मल, डिपार्टमेन्टल स्टोर र व्यापारिक प्रतिष्ठानले उक्त मितिदेखि अनिवार्य रुपमा प्लास्टिकको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्न पनि विभागले सुझाव दिँदै दिइएको छ।







प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



