
काठमाडौं, १४ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ अर्ब ३४ करोड भन्दा बढीको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । भदौ १३ गते सोमबार सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको रहेको र त्यसको ८८.४५ प्रतिशतले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासनपछि चुक्ता पुँजी बढेर ५ अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउनका लागि बीमा समितिद्वारा जारी निर्देशनलाई आत्मसात् गर्दै उक्त रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको बुझिएको छ ।
हकप्रद शेयर जारी गर्ने निर्णय भइसकेको र बीमा समितिबाट उक्त निर्णयको स्वीकृति पाएपछि आगामी साधारण सभाबाट पारित गराएर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने योजना बनाएको छ ।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंक लिमिटेडले भिसा इन्टरनेशनलले प्रदान गर्ने दुई विधामा अवार्ड जितेको… 



