दसैंका नयाँ नोट आजसम्म साट्न पाइने

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असाेज । राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट आजसम्म मात्रै साट्न पाइने भएको बताएकाे छ। शनिबारदेखि लगातार दसैँ बिदा परेकाेले आज अन्तिम दिन नयाँ नोट साट्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले हालसम्म १२ अर्बभन्दा बढीको नयाँ नोट राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुले लगेको बताए। 

नेपालले १० अर्ब बराबरको ठूला बजारमा जानकारी दिए। उनका अनुसार बिहिबारसम्म २२ अर्बको नयाँ नोट बजारमा पठाइएकाे छ ।

एक दिन बाँकी रहेकाेले रु ५० करोड बराबरकाे नयाँ नोट बजारमा जाने नेपालले बताए । यसका साथै उनले  ३ अर्ब बराबरको ठूला नोटको माग भएकाे पनि जानकारी दिए ।

View Post

नयाँ नोट साट्न पाइने भएपछि राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र फाइनान्समा सर्वसाधारणको भीड लाग्दै आएको छ। राष्ट्र बैंकले गएकाे २९ गतेदेखि दसैँ लक्षित गरेर नयाँ नोट साट्न सुरु गरेको थियो। बैंक तथा वित्तीय संस्थाहरुले असोजकाे पहिलो हप्तादेखि नयाँ नोट साट्न सुरु गरेका थिए।