
काठमाडौं, १३ मंसिर । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ४ महिनामा २ अर्ब ८६ करोडभन्दा बढीका १ हजार १८ थान चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ ।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्मको समग्र आँकडा अनुसार नेपालमा २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार रुपैयाँ बराबरका १ हजार १८ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् । यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान रहेका छन् । यो सूचीमा विद्युतीय मोटरसाइकल तथा स्कुटर तथा तीन पाङ्ग्रे सवारीलाई समावेश गरिएको छैन ।
नेपाल भित्रिएका समग्र १ हजार १८ थान विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट ६ सय ८९ थान आयात भएको छ । त्यसपछि अर्को छिमेकी राष्ट्र चीनबाट १७० थान तथा दक्षिण कोरियाबाट १ सय ५५ थान विद्युतीय गाडी आएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी अमेरिकाबाट ४ थान विद्युतीय सवारी भित्रिएका छन् ।
चीनबाट आयात भएकामध्ये १६२ थान १०० किलोवाट क्षमतासम्मका कार, जीप तथा भ्यान रहेको छ । यी सवारीको मूल्य ३५ करोड २६ लाख ५१ हजार रहेको छ । यसै अवधिमा चीनबाट ७ थान १०० देखि २०० किलोवाट क्षमतासम्मको कार, जीप तथा भ्यान रहेको छ जसको मूल्य २ करोड ८६ लाख ७ हजार रहेको पाइएको छ ।
यसैगरी भारतबाट आयात भएका ६ सय ८९ विद्युतीय सवारी साधनमध्ये सबै १०० किलोवाट क्षमतासम्मका कार, जीप र भ्यान रहेका छन् । तिनीहरुको समग्र मूल्य १ अर्ब ८५ करोड ४१ लाख ९७ हजार रहेको छ ।
दक्षिण कोरियाबाट आयात भएका १५५ सवारीमध्ये ५२ करोड ४२ लाख १० हजार बराबरको १३९ थान १०० किलोवाट क्षमतासम्मका कार, जीप तथा भ्यान रहेका छन् । बाँकी १६ ओटा भने १०० देखि २०० किलो क्षमताका कार, जीप तथा भ्यान रहेको तथ्याङ्कमा उल्लेख छ । तिनीहरुको मूल्य ७ करोड ५६ लाख ६८ हजार परेको छ ।
अमेरिकाबाट १०० देखि २०० किलोवाट क्षमताका २ थान तथा २०० देखि ३०० किलोवाट क्षमताका २ थान गरी जम्मा ४ थान विद्युतीय सवारी आएको छ । यसमध्ये १०० देखि २०० किलोवाट क्षमताका गाडीको ९५ लाख ९६ हजार तथा २०० देखि ३०० किलोवाट क्षमताका गाडीको मूल्य १ करोड ३१ लाख ८२ हजार रुपैयाँ रहेको छ ।








तेहरान/मनामा, ६ मङ्सिर । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने राजकीय भ्रमणका लागि…
काठमाडौं, ६ मङ्सिर। काठमाडौँको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी…
जुम्ला, ६ मङ्सिर। जुम्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४… 




