
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज (आइतबार) दिउँसो २ः०५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गर्नुभयो । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ जना सरकारी प्रतिनिधि र निजी क्षेत्रका ५२ जना गरी कुल ८७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । साथै, उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने तालिका छ । वार्ताका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र केही नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकास जस्ता सहकार्यका विविध क्षेत्र समेटिएका समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछन् ।
भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भोलि सोमबार प्रधानमन्त्री शाहले नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नुहुनेछ । राजकीय भ्रमण सम्पन्न गरी उहाँ मङ्सिर ७ गते साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने तालिका छ ।
३५ सदस्यीय सरकारी भ्रमण टोली
१. बालेन्द्र शाह – प्रधानमन्त्री २. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री ३. शिशिर खनाल – परराष्ट्रमन्त्री ४. कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार ५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ६. विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार ७. गोविन्दबहादुर कार्की – मुख्यसचिव ८. अमृतबहादुर राई – परराष्ट्र सचिव ९. रुद्रसिंह तामाङ – उद्योग, वाणिज्य तथा आपूर्ति सचिव १०. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव ११. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल १२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार १३. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव १४. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा १५. कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल १६. लोकबहादुर पौडेल क्षेत्री – परराष्ट्र मन्त्रालयका प्रवक्ता १७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय १८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय १९. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय २०. दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक २१. ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा २२. विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा २३. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव २४. दीपकराज निरौला – प्रोटोकल अधिकृत २५. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा २६. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक २७. मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी २८. डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी २९. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया) ३०. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र ३१. कमलकुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति ३२. अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन ३३. प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल ३४. मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहायक ३५. मुकेश डंगोल – क्यानका महानिर्देशक
५२ सदस्यीय निजी क्षेत्रको टोली
१. अञ्जन श्रेष्ठ – अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ २. भवानी राणा – पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ३. कृष्णप्रसाद शर्मा – उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ४. डा. गोपालप्रसाद तिवारी – महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ ५. सुनिता नेमाफुकी – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ६. बटु लामिछाने – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ७. उज्ज्वल श्रेष्ठ – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ८. सागर ढकाल – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ९. नीरज काफ्ले – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ १०. शिवकुमार अग्रवाल – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ११. वीरेन्द्रराज पाण्डे – अध्यक्ष, नेपाल उद्योग परिसंघ १२. राजेशकुमार अग्रवाल – पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ १३. निर्वाणकुमार चौधरी – वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ १४. राजबहादुर शाह – नेपाल उद्योग परिसंघ १५. कमलेशकुमार अग्रवाल – अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स १६. दीपककुमार मल्होत्रा – वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स १७. मोहनकुमार डाँगी – अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) १८. गणेश कार्की – निवर्तमान अध्यक्ष, इप्पान १९. पुष्कर पौडेल – इप्पान २०. निकोलस पाण्डे – अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ २१. गोविन्दप्रसाद घिमिरे – अध्यक्ष, निर्यात व्यवसायी महासंघ नेपाल २२. बलराम गुरुङ – अध्यक्ष, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ २३. रवीन्द्र शाक्य – अध्यक्ष, नेपाल हस्तकला महासंघ २४. सरोज श्रेष्ठ – उपाध्यक्ष, नेपाल कफी व्यवसायी महासंघ २५. विष्णुकुमार अग्रवाल – उद्योगी व्यवसायी २६. दिलीप अग्रवाल – उद्योगी व्यवसायी २७. यमुना श्रेष्ठ – साइमेक्स इंक २८. सचिन ढकाल – आईएमई ग्रुप २९. कल्याण गुरुङ – भाटभटेनी ग्रुप ३०. जीवानाथ लामिछाने – उद्योगी व्यवसायी ३१. सञ्जय शाक्य – उद्योगी व्यवसायी ३२. दीपक थापा – उद्योगी व्यवसायी ३३. नितेश मालपानी – उद्योगी व्यवसायी ३४. टुकप्रसाद पौडेल – उद्योगी व्यवसायी ३५. दिरेकलाल श्रेष्ठ – उद्योगी व्यवसायी ३६. अनुप आचार्य – उद्योगी व्यवसायी ३७. नरेश दास – उद्योगी व्यवसायी ३८. राजनकुमार बन – उद्योगी व्यवसायी ३९. विनायक शाह – अध्यक्ष, होटल एसोसिएसन नेपाल ४०. सागर पाण्डे – अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल ४१. भरतजंग पाण्डे – अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ४२. सुरेन्द्रकुमार उप्रेती – अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ४३. विभूषण विष्ट – उपाध्यक्ष, नास–आइटी ४४. अर्जुनकुमार श्रेष्ठ – नेपाल औषधि उत्पादक संघ ४५. पशुपति देव पाण्डे – अध्यक्ष, गार्मेन्ट एसोसिएसन नेपाल ४६. शोभा गुरुङ – अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ ४७. दर्शना श्रेष्ठ – अध्यक्ष, महिला उद्यमी महासंघ नेपाल ४८. दिकिला शेर्पा लामा – सचिव, महिला उद्यमी महासंघ नेपाल ४९. कुनाल कयाल – अध्यक्ष, नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ५०. सुनिल केसी – निवर्तमान अध्यक्ष, निक्की ५१. करण चौधरी – उपाध्यक्ष, निक्की ५२. खिमनारायण पराजुली – अध्यक्ष, नेपाल उद्योग व्यापार महासंघ








वासिङ्टन, ६ मङ्सिर । अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले…
तेहरान/मनामा, ६ मङ्सिर । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य…
काठमाडौं, ६ मङ्सिर। काठमाडौँको उत्तरी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी…
जुम्ला, ६ मङ्सिर। जुम्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४… 




