पुस १५ देखि दर्ता नभएका मोबाइल साच्चै नचल्ने हो त ?

-



     सफल आवाज    
     पौष १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० पुस । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस पूर्णरुपले लागू हुने जनाएको छ । प्राधिकरणले मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न एमडिएमएस एक हप्ता भित्र पूर्ण रुपमा कार्यान्व्यन हुने घोषणा गरेको हो ।

केही वर्षअघि देखि नै चर्चामा रहेर पटक पटक कार्यान्वयनको मिति पर सार्दै आएको प्राधिरकणले यस अघि सफ्ट लञ्च गर्दै गत भदौ अन्तिमबाट लागू गर्ने सूचना जारी गरेको थियो । तर यसको औपचारिक कार्यान्वयन भने हुन सकेको थिएन । यसै सन्दर्भमा प्राधिकरणले अब भने आगामी पुस १५ गते शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा ल्याउने घोषणा गर्दै अवैध भित्रिएका मोबाइल नचल्ने गरी रोकिने जनाएको हो ।

यो प्रणाली लागू भएपछि मोबाइल सेटको गैरकानुनी आयात,बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न,चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ-ब्लकिङ गर्न प्राधिकरणले ल्याएको प्रणालीले काम गर्छ ।

यो प्रणाली लागू भएपछि नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नहुने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिने प्राधिकरणले जनाएको छ । भन्सार छलेर आउने यस्ता मोबाइल सेटहरुको बिक्री वितरणले मोबाइल व्यवसायलाई नै चुनौती दिएको र यसलाई समयमै रोक्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका थिए ।

सम्बन्धित समाचार

अवैध मोबाइल भदौ ३० देखि नचल्ने: एमडीएमएस प्रणाली शुरु गर्दै दूरसञ्चार प्राधिकरण

आईएमईआई दर्ता नभएका मोबाइल आजबाट नचल्न‍े

आईएमईआई दर्ता नभएका मोबाइल भोलिदेखि नचल्न‍े