२१ अर्ब १० कराेडकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ माघ। नेपाल राष्ट्र बैंकले आज २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्न लागेकाे छ। बैंकले मंगलबार जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्न लागेकाे हाे ।

बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ बोलकबोल गर्न लागेकाे छ । ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ रहेकाे छ । १८२ दिनका लागि भने ७ अर्ब रुपैयाँ रहेकाे छ ।

३६४ दिनका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोल हुने भएकाे हाे । यी बिलहरु क्रमानुसार फागुन २३ गते, २०८० वैशाख २६ गते, २०८० साउन २३ गते र २०८० साल माघ २३ गते परिपक्व हुने भएका छन्। 

बैंकका अनससार यी ट्रेजरी बिलहरुकाे आज अपरान्ह ३ बजे अनलाइनमार्फत बोलकबोल हुने भएकाे छ। यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण सरिक हुन पाउनेछन्। सबैभन्दा बढी मूल्य राख्ने बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणलाई अग्रस्थानमा राखेर ट्रेजरी बिलको बाँडफाँड हुने भएकाे छ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।