धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे आरोपको खण्डन

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ माघ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूमाथि लगाइएका आरोपहरुको खण्डन गरेका छन् । उनले ५ पाना लामो विज्ञप्ति प्रकाशित गरी आफूमाथि लगाइएका आरोपको बचाऊ गर्दै ११ महिनाको समयमा १० वटा काम गरेको फेहरिस्त पेश गरेका छन् ।

उनले आफूमाथि लगाइएका आरोप कपोलकल्पित र निराधार रहेका बताएका छन् । आफूले २० वर्ष विदेशमा विज्ञका रुपमा बस्दा नेपालीका हैसियतले काम गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा हमालले गत फागुनमा बोर्डको अध्यक्षमा नियुक्ति पाएदेखि कानुन संशोधनदेखि रेटिङसम्मका काम गरेको दावी गरेका छन् । उनले दावी गरेका १० काममा सेवा शुल्क १ सय रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेकोदेखि वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत सेयर छुट्याइएको सम्म उल्लेख गरेका छन् ।

यस्तो छ उनले जारी गरेको विज्ञप्ति: