चालु आवकाे ६ महिनामा २४.३ प्रतिशतले विप्रेषण आप्रवाह बढ्याे

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिटेन्स) आप्रवाह २४.३% ले बढेकाे जनाएकाे छ । यसरी बढेकाे रेमिटेन्स ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ पुगेको जनाइएकाे छ । बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसैअवधिमा रेमिटेन्स ५% ले घटेको थियो ।

अमेरिकी डलरमा रेमिटेन्सकाे आप्रवाह १३.९% ले बढेकाे छ । यसरी बढेर ४ अर्ब ५० करोड डलर पुगेको जनाइएकाे छ । अघिल्लो वर्ष याे आप्रवाह ५.७% ले घटेको थियो । 

पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६४.६% ले बढेकाे छ । यसरी बढेर रुपैयाँ २ लाख ७५ हजार ६४३ भएकाे छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेहरुकाे संख्यामा पनि बृद्धि भएकाे जनाएकाे छ । याे ९.५% ले बढेको पाइएकाे छ । अघिल्लो वर्ष याे संख्या २९८.१% ले बृद्धि भएकाे थियो ।