
काठमाडौं, २४ माघ । पछिल्लो समय बीमालेख त्याग गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको शुरुवाती ६ महिनासम्ममा विभिन्न जीवन बीमा कम्पनीका बीमितहरुले ६ अर्ब रुपैयाँभन्दा बढीको बीमालेख त्याग अर्थात् पोलिसी सरेन्डर गरेका छन् ।
बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ वटा जीवन बीमा कम्पनीका बीमितहरुले ६ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको ३७ हजार ७१४ वटा बीमालेख सरेन्डर गरेका हुन् ।
मासिक हिसाबले हेर्दा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हार ७४६ वटा बीमालेखहरु त्याग गरिएको विवरणमा उल्लेख छ ।
यसैगरी चौथो महिना मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेख र पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेखहरु बीमितले त्याग गरेका पाइएको छ । पुस महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले पोलिसी त्यागेका छन् ।
यसपछि राष्ट्रिय बीमा संस्थानको धेरै बीमालेखहरु सरेन्डर भएका छन् । संस्थानको ७ करोड ७३ लाख रुपैयाँ बराबरको १ हजार ४५ वटा बीमालेखहरु सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको १५.४१ प्रतिशत हो । यस्तै बीमितहरुले नेशनल लाइफको ७०२ वटा, एशियन लाइफको ४९८ वटा, प्राइम लाइफको ३७० वटा, मेट लाइफको ३२७ वटा, गुराँस लाइफको २४६ वटा बीमालेखहरु त्याग गरेका पाइएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सको भने सबैभन्दा कम अर्थात् १० लाख ८४ हजार रुपैयाँ बराबरको १० वटा पोलिसीहरु सरेन्डर गरिएको पाइएको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



