
काठमाडौं, २५ माघ । मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेबाट सेयर (आईपीओ) बिक्रीमा ल्याउने भएकाे छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। यसअघि आयोजनाबाट प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर निष्काशन गरिएकाे थियाे ।
कम्पनीले जारी पूँजीको ३४ प्रतिशतले हुने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर छुट्याएको थियो। त्यसबाट २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकाे लागि रहेकाे छ ।
१ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडचुड भइसकेकाे छ । ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ । यसका लागि लगानीकर्ताले आवेदन पेश गर्न पाउनेछन्।
लगानीकर्ताले घटीमा १० तथा बढीमा ८ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि फागुन १० गतेसम्म आवेदन दिन पाइनेछ। ताेकिएकाे मितिसम्म माग गरेअनुसारकाे आवेदन नपरेकाे खण्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ।
आवेदन गर्नका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको… 



