
काठमाडौं, २५ माघ । राष्ट्र बैंकले नियम नमान्ने ९ वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियम नमानेको र नियम विपरीत काम गरेको भन्दै ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो ।
नेपाल राष्ट्र बैंक कारबाही गरेका बैंकका कसुरमा सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन नमानेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरीत सेवा सुविधा दिएको, नियम विपरीत प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएकोलगायतका रहेका जनाएको छ ।
यसमध्ये प्रभु बैंक, कुमारी बैंक, साविकको बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम नमानेको ५०-५० लाख रुपैयाँका दरले जरिबाना तोकिएको छ ।
यस्तै पुँजी पर्याप्तता ढाँचा अनुसार पुँजी कोषको यथार्थ विवरण रिर्पोटिङ नगरेको कसुरमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । अर्का सचेत गराइएकोमा नबिल बैंक परेको छ जसलाई खाता रोक्का राख्न निर्देशन दिँदा पनि नयाँ खाता खोलेको आरोप छ । यसबाहेक राष्ट्र बैंकको नियम विपरीत प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा दिएको कसुरमा सानिमा बैंकलाई सचेत गराइएको छ ।
यसैगरी कारबाहीमा परेका नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले नियम विपरीत बढी प्रिमियम लिएको भन्दै सचेत गराएको छ । प्रभु बैंकलाई कर्जा सूचना तथा कालोसूची सम्बन्धी नीतिमा भएको व्यवस्था पालना नगरेमा सचेत गराइएको छ ।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको… 



