
काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भोलि शुक्रबार गर्ने तय गरेको छ । शुक्रबार नै बैंकको सञ्चालक समितिको बैठक बसेर दिउँसो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तय भएको केन्द्रीय बैंकले जनाएको छ । सकेसम्म शुक्रबार नै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी भइरहेकोमा कुनै कारणवश: शुक्रबार आउन नसकेको खण्डमा आइतबार आउने बैंक स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि माघ २० गतेसम्म आइपुग्ने गरी सरोकारवालाहरुसँग सुझाव माग गरेको थियो । सरोकारवालाहरुबाट सबै सुझाव आइसकेकोले मौद्रिक नीतिको समीक्षाको लागि राष्ट्र बैंक जुटेको बुझिएको छ ।
प्राप्त सुझावहरुमा व्यवसायीहरुले तरलता सहज बनाउने र महँगिएको ब्याजदरलाई घटाउने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने रहेका छन् । अहिले ब्याजदर अत्याधिक महँगो भएको हुँदा त्यसले व्यवसायीलाई समस्यामा परेकोले मौद्रिक नीतिको समीक्षामा ब्याजदर घटाउने नीति लिनुपर्ने सुझाव अधिकांश व्यवसायीबाट आएको बैंकले जनाएको छ ।
यसैगरी सेयर बजारका लगानीकर्ताले भने सेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँको सीमा हटाउनुपर्ने, जोखिम भार घटाउनुपर्ने लगायतका सुझाव पेश गरेका छन् । देशको अर्थतन्त्र र बैंक तथा वित्तीय संस्थाहरुको नियामकका हिसाबले अर्थतन्तरको अवस्था नियाल्दै आएको केन्द्रीय बैंकले सरोकारवालाबाट आएका यस्ता सुझावलाई सकारात्मक रुपमा लिएको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



