शुभम् पावरको आईपीओ बाँडफाँड

-



     सफल आवाज    
     माघ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ माघ । शुभम् पावर लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ । कम्पनीले गत माघ १८ देखि २२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको हो । यो बाँडफाँड कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा बिहान ९ बजे भएको हो ।

कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रलाई निष्कासन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर सहित ५ लाख ८० हजार ५८ कित्ता निष्कासनमा ल्याएको थियो ।

त्यसमध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशतले हुन आउने ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ । त्यसपछि बाँकी रहने ४ लाख ८१ हजार ८८२ कित्ता सेयर भने सर्वसाधारणको लागि निष्कासनमा ल्याइएको थियो ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण गरिएको छ । त्यस अनुसार योग्य आवेदकमध्ये ४८ हजार १८८ जनाले मात्रै सेयर पाएका छन् ।