
काठमाडौं, २७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शिवम् सिमेन्ट्स लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ। कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवै सूचक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत ३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको कुल आम्दानी पनि २०.५८ प्रतिशतले रर कुल खर्च पनि १८.८२ प्रतिशतले घटेको पाइएको छ ।
कम्पनीको खुद नाफामा कमी आउनुको प्रमुख कारण बिक्री आम्दानीमा आएको कमीलाई लिइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो आँकडा २२.९९ प्रतिशतले कम हो ।
आम्दानी र नाफामात्र ऋणात्मक भएको नभई कम्पनीका अन्य सूचक पनि नकारात्मक देखिएका छन् । यो ६ महिनाको अवधिमा कम्पनीको प्रति सेयर आम्दानी अर्थात् ईपीएस पनि घटेको छ । यो अवधिमा शिवम् सिमेन्ट्सको ईपीएस ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा झरेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको प्रतिवेदनले देखाएको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७० करोड १२ लाख रुपैयाँ सञ्चित रहेको पाइएको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



