
काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनका लागि १८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक परेको अल्पकालीन ऋण उठाउनका लागि बोलकबोल प्रक्रियामार्फत भोलि सोमबार समग्रमा १८ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । यसरी बिक्री गर्न लागिएको समग्र १८ अर्बमध्ये ८ अर्बको ट्रेजरी बिल नयाँ हुनेछ भने बाँकी १० अर्बको ट्रेजरी बिल यसअघि जारी गरिएकैलाई नवीकरण गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको नयाँ र नवीकरण गरी ७ अर्ब तथा १८२ दिन अवधिको ६ अर्ब गरी समग्रमा १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको हो ।
२८ दिन अवधिको ट्रेजरी आगामी फागुन ३० गते तथा ९१ दिन अवधिको २०८० जेठ २ गते र १८२ दिने ट्रेजरी बिल आगामी २०८० साउन ३० गते परिपक्व हुने बैंकले जानकारी दिएको छ ।
ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार दिउँसो ३ बजे अनलाइनमार्फत खुला गरिनेछ । यो बोलकबोलमा केन्द्रीय बैंकको इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत भाग लिन पाउने व्यवस्था गरिएको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



