मोदी ईनर्जीकाे सेयर फागुन २५ गतेदेखि निष्काशन हुने

-



     सफल आवाज    
     फागुन १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ फागुन । मोदी ईनर्जीले सेयर (आईपीओ) निष्काशनकाे तयारी गरेकाे छ । कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गर्न लागेको जनाएकाे छ ।

जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशतले हुने २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता साधारण सेयर पर्वतकाे कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स. हाल कुश्मा नगरपालिका ८ का स्थानिय जनताका लागि निष्काशन गरिने भएकाे हाे ।

४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ । २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ८७ हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाहरुले बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ९ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिन पाउनेछन्।

सेयरमा आवेदन दिन स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।