
काठमाडौं, १६ फागुन । ट्रेजरी बिलको औसत दर १० प्रतिशतभन्दा कममा आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सबै ट्रेजरी बिलको औसत दर १० प्रतिशतभन्दा कममा आएको हो । ट्रेजरी बिल सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने गर्दछ ।
सामान्यतया दोहोरो अंकमा हुने औसत दर घटेर गत आइतबार राष्ट्र बैंकले जारी गरेको २८ दिन अवधिको ट्रेजरी बिलका लागि भने ७.२१ प्रतिशत कायम भएको थियो । बैंकहरुका तर्फबाट २८ दिन अवधिको ट्रेजरी बिलमा न्यूनतम ५.२२ प्रतिशतदेखि ७.४८ प्रतिशतसम्म बोलकबोल पेश भएको पाइएको छ ।
यसैगरी ९१ दिन अवधिको ट्रेजरी बिलको दर ९.३९ प्रतिशत तथा ३६४ दिन अवधिको ट्रेजरी बिलको दर पनि ९.६६ प्रतिशत कायम भएको छ । यिनीहरुले पनि दोहोरो अंक छोएका छैनन् ।
पछिल्लो समय अल्पकालीन ऋण उठाउन प्रयोग गरिने ट्रेजरी बिलको दर निरन्तर घट्दो प्रवृत्ति कायम छ । यसले सरकारलाई ब्याजको भारमा केही राहत दिलाउँछ । सरकारले एक वर्षसम्मको लागि एकल अंकमा नै ऋण पाउन थालेको छ । ट्रेजरी बिलको दर घटेपछि बैंकहरुको सरकारी ऋणपत्रबाट हुने ब्याज आम्दानी भने घट्छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



