
काठमाडौं, १६ फागुन । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डासहित साधारण सभा आह्वान गरेको हो ।
बैंकको उक्त १८ औँ वार्षिक साधारण सभा आगामी चैत १७ गते, शुक्रबारका लागि बोलाइएको हो । उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजीको ८.५३४ प्रतिशतका दरले बोनस सेयर र त्यसैको कर प्रयोजनका लागि ०.४४९ प्रतिशत नगद लाभांश गरी जम्मा ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तालिका रहेको बताइएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले आगामी फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज मिति तोकेको छ । यस हिसाबले फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य ठहरिने बताइएकाे छ ।