
काठमाडौं, १६ फागुन । अबदेखि बीमितहरुले दावी भुक्तानीको लागि न्यूनतम प्रमाणपत्रहरु प्राप्त भएको मितिले १५ दिनभित्र भुक्तानी पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले हालै बीमा दावी भुक्तानी मागदर्शन २०७९ लाई दोस्रोपटक संशोधन गरेर यस्तो प्रावधान राखेको हो ।
प्राधिकरणले बीमा ऐनको दफा १७० ले दिएको अधिकारको प्रयोग गरी बीमा दावी भुक्तानी मार्ग दर्शन दोस्रोपटक संशोधन गरेको हो । सोही संशोधित निर्देशिका अनुसार सानो दावी भुक्तानीको लागि न्यूनतम प्रमाणपत्रहरु प्राप्त भएको मितिले १५ दिन भित्र फर्छ्यौट हुनुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार निर्जीवन बीमातर्फ २ लाख रुपैयाँसम्मको र बाली, पशुपन्छी, कृषि तथा लघु बीमातर्फ ५० हजार सम्मको दाबीलाई सानो दावी मानिने उल्लेख छ । यो व्यवस्था अनुसार साना दावी गर्ने बीमितहरुले न्यूनतम प्रमाणहरु पेश गरेको १५ दिन भित्र दावी भुक्तानी पाउने भएका हुन् । यसबाट दावी भुक्तानी लिन महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ ।
मार्गदर्शनमा उल्लेख भए अनुसार बीमा कम्पनीहरुले दावी भुक्तानीको त्रैमासिक विवरण प्रत्येक ३ महिना समाप्त भएको १५ दिनभित्र बीमा प्राधिकरणले दिएको ढाँचा बमोजिम प्राधिकरणमा प्रतिवेदन पेश गनुपर्ने छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



