सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

-



     सफल आवाज    
     फागुन १७ गते २०७९ मा प्रकाशित


काठमाडौं, १७ फागुन । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट सुरु भएको छ । यी दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार सुरु भएको हो । यी दुई इन्योरेन्सले आज बुधबार ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेको बताइएको छ ।

यी दुई कम्पनीबीच १ः१ सेयर अनुपातमा मर्जर भएको हो । मर्जरपछि बनेको नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ र नयाँ कम्पनीको बीमा कोषको आकार २ अर्ब ३४ करोड भएको साथै जगेडा कोष ५८ करोड रुपैयाँको भएको कम्पनीले जानकारी दिएको छ ।

एकीकृत कारोबार सुरु गर्नेगरी निर्जीवन बीमातर्फ यो हालसम्मको तेस्रो मर्जर हो । यसअघि हिमालयन र एभरेष्ट तथा सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई एकीकृत कारोबार सुरु गरिसकेका छन् ।