
काठमाडौं, २३ फागुन । प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । प्रभु क्यापिटलले गत फागुन १८ गतेदेखि जारी गरेको उक्त फण्डको इकाईका लागि आवेदन दिने म्याद अब फागुन २८ गतेसम्म लम्बिएको छ ।
क्यापिटलले गत फागुन १८ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्कासन गरेको थियो । त्यसमध्ये १ करोड १२ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ ।
त्यसपछिको १ प्रतिशतले हुन आउने ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्ने र अधिकतममा भने ८० लाख इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त फण्ड बन्दमुखी योजना हो । यसको कुल आकार ८० करोड रुपैयाँ रहेको छ । यो निष्कासनमा न्यूनतम ४ करोड इकाई बिक्री हुनु पर्ने बताइएको छ। क्यापिटलका अनुसार सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिनेछ ।
यो योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुने र त्यसपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेगरी व्यवस्था मिलाइएको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



