
चितवन, ११ मङ्सिर। जिल्लाका ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । गत जेठ २५ गते समिति गठन भएको जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाका अनुसार इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगर नगरपालिका–१२ का पाँच भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारले पुर्जा प्राप्त गरेका छन् । यसैगरी, रत्ननगर–१२ का १२ अव्यवस्थित बसोबासी परिवारलाई पनि पुर्जा वितरण गरिएको छ ।
चितवनमा विभिन्न समयमा गठित आयोगमार्फत हालसम्म एक हजारभन्दा बढी परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । हाल कालिका नगरपालिका–३ का २५ जनाको प्रमाणीकरण भइसकेकाले पुर्जा तयार भइरहेको छ । जग्गाधनी प्रमाणपुर्जाका लागि ४३ हजारभन्दा बढीले आवेदन गरेका छन् ।






नारायणगढ (चितवन), १२ मङ्सिर। नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक…
म्याग्दी, १२ मङसिर। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको…
जेरुसेलम, १२ मङ्सिर । इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धनको अनिश्चितता बढिरहेका बेला प्रधानमन्त्री बेन्जामिन…
नयाँ दिल्ली, १२ मङ्सिर । भारतको सङ्घीय सरकारले आगामी नोभेम्बर ३० बाट सुरु हुने संसद्को… 



