
ब्रासिलिया, ११ मङ्सिर । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आफ्नो आगामी कार्यकालका लागि निजी बैंकिङ क्षेत्रका कार्यकारी लुइज कार्लोस ट्राबुकोलाई अर्थमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले बिहीबार ट्राबुकोलाई अर्थमन्त्री नियुक्त गरिएको जनाएको छ । उहाँ राष्ट्रपति लुलाको नयाँ कार्यकाल सम्हाल्ने पहिलो मन्त्री हुनुभएको छ ।
लुलाले अक्टोबरमा आश्चर्यजनक रूपमा चुनाव जितेपछि शेयर बजार खस्किएको थियो भने राष्ट्रिय मुद्रा रियल कमजोर बनेको थियो । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने ब्राजिलमा व्यापारिक समुदायलाई आश्वस्त पार्न ब्रडेस्को बैङ्कका बोर्ड अध्यक्ष ट्राबुकोलाई अर्थमन्त्रीमा नियुक्ति गरिएको हो ।
“ट्राबुकोले राष्ट्रपति लुला दा सिल्भाको निमन्त्रणा स्वीकार गर्दै अर्थ मन्त्रालयको जिम्मेवारी लिन सहमत हुनुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिमा जनाएको छ । बैङ्करले ब्राजिलका नेतासँग दिउँसोको बैठकमा यो पद स्वीकार गरेको उल्लेख गरिएको छ । लुलाले जनवरीमा आफ्नो चौथो कार्यकाल सुरु गर्नुहुनेछ ।






काठमाडौं, १२ मङ्सिर। यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित करिब ७ अंकले…
काठमाडौं, १२ मङ्सिर। पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ…
ललितपुर, १२ मङ्सिर। नेपालको लोकतान्त्रिक अभ्यास, नागरिक अधिकार, मानवअधिकार, सुशासन तथा सार्वजनिक उत्तरदायित्वका सवाललाई उठान…
काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।… 



