काठमाडाैं, ६ कात्तिक । यूनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिनका लागि आज अन्तिम दिन हाे । कम्पनीले असोज ७ गतेदेखि कास्कीका आयोजना प्रभावित स्थानीयको लागि ४ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियाे । लगानीकर्ताले न्युनतम १० र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले सर्वसाधारण र स्थानीयलाई गरी १० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिएकाे थियाे । स्थानियका लागि ४ लाख २० हजार कित्ता वितरण गरेपछि कम्पनीले सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएकाे छ । ३१ करोड ५० लाख चुक्ता पुँजी रहेकाे कम्पनीकाे आइपिओ बाँडफाँटपछि उक्त पुँजी ४२ करोड पुग्ने भएकाे छ ।
यूनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावर कम्पनीले कास्कीमा ७ मेगावाट क्षमताकाे अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माणकाे काम गरिरहेको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



