अपि पावरको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । अपि पावर कम्पनीले आज देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ताको बिक्री खुल्ला गरेको हो ।

कम्पनीको हकप्रद शेयर बिक्रीका लागि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । यसका लागि सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट मंसिर ४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

एक अर्ब १९ करोड ७ लाख चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि एक अर्ब ७५ करोड ७७ लाख पुग्नेछ ।