सुनको मूल्य तोलामा ५ सयले बढ्यो

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ कात्तिक । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्यमा पनि वृद्धि भएको छ । तेजावी सुन प्रतितोला ५ सयले बढेर ९४ अजार ५ सयमा कारोबार भएको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी तोलाको ११ सय ९५ रुपैयाँमा काराेबार भएको छ ।