
काठमाडौं, २३ माघ। नेपाल राष्ट्र बैंकले आज २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्न लागेकाे छ। बैंकले मंगलबार जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्न लागेकाे हाे ।
बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ बोलकबोल गर्न लागेकाे छ । ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ रहेकाे छ । १८२ दिनका लागि भने ७ अर्ब रुपैयाँ रहेकाे छ ।
३६४ दिनका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोल हुने भएकाे हाे । यी बिलहरु क्रमानुसार फागुन २३ गते, २०८० वैशाख २६ गते, २०८० साउन २३ गते र २०८० साल माघ २३ गते परिपक्व हुने भएका छन्।
बैंकका अनससार यी ट्रेजरी बिलहरुकाे आज अपरान्ह ३ बजे अनलाइनमार्फत बोलकबोल हुने भएकाे छ। यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण सरिक हुन पाउनेछन्। सबैभन्दा बढी मूल्य राख्ने बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणलाई अग्रस्थानमा राखेर ट्रेजरी बिलको बाँडफाँड हुने भएकाे छ ।
ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



