२९ शाखा गाभ्दै ग्लोबल आइएमई बैंक

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं । ग्लोबल आइएमई बैंकले २९ वटा शाखा कार्यालय एकै ठाउँमा गाभेर सेवा दिने भएको छ । बैंक अफ काठमाण्डूलाई गाभेर पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबल आइएमई बैंकले एकै स्थानमा भएका दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार गर्नेगरी सूचना प्रकाशित गरेको हो ।

आइतबार प्रकाशित सूचनामा बैंकले साविकको ग्लोबल आइएमईका ९ वटा र बैंक अफ काठमाण्डूका २० वटा गरी २९ वटा शाखा कार्यालय एकै ठाउँमा गाभेर सेवा सुरु गर्न लागेको हो । एकै ठाउँमा रहेका २ वटा शाखा गाभिएर आगाी माघ २९ गतेदेखि एउटै शाखाबाट सेवा प्रवाह गरिने बैंकले सूचनामार्फत् जानकाी दिएको छ ।

यी हुन् गाभिन लागेका शाखा र नयाँ कार्यालय बस्ने स्थान