
काठमाडौं, २४ माघ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा तालिका परिवर्तन गरेको छ । यसअघि स्ववियु निर्वाचनलाई परीक्षा सकाउने हिसाबले तयारगरेको तालिकामा विद्यार्थीहरु तथा विद्यार्थी संगठनहरुले सामाजिक सञ्जाल र परीक्षा नियन्त्रण कार्यलयमै गएर व्यापक विरोध गरेपछि परीक्षा नियन्त्रण तालिका सार्न बाध्य भएको हो ।
नयाँ तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् । चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय भइसकेकाले चुनाव लगत्तै परीक्षाहरु सुरु हुनेगरी तालिका फेरबदल गरिएको हो । परीक्षा तालिका तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।
स्नातक तह चौथो वर्षको संशोधित परीक्षा तालिका

कार्यालयले यसअघि निकालेको तालिकामा फागुन १० गतेदेखि परीक्षा सञ्चालन हुनेगरी मिलइएको थियो । विद्यार्थीहरुले स्ववियु निर्वाचन भाग लिन नदिन तथा फाराम भर्ने म्यादलगत्तै हतारमा परीक्षा सञ्चालन गर्न खोजेको भन्दै व्यापक विरोध जनाएका थिए । केही दिन अघि विद्यार्थी संगठनका कार्यकर्ताले सहायक परीक्षा नियन्त्रकलाई कालो मोसो पनि दलेका थिए ।
कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा पाँच वटा ब्याच भएका छन् । सबै ब्याचलाई समेटेर क्यालेन्डर दुरुस्त बनाउन त्रिविलाई हम्मे हम्मे परेको छ ।
यता स्ववियु निर्वाचनमा ४ वटा ब्याचले मात्र मतदान गर्न पाउने भएकाले चौथो वर्षलाई छिट्टै धपाउन लागि छिट्टै परीक्षा गर्न लागिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए । अबको तालिकाले भने यी सबै आरोपहरु लाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको… 



