
काठमाडौं, २४ माघ । बीमा प्राधिकरणले बीमा अभिकर्ताको शैक्षिक लगायत अन्य आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ । एसएलसी वा सोभन्दा माथिको लब्धांक पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र स्थायी लेखा नम्बर (प्यान) कार्ड बुझाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त कागजपत्रहरु तत्काल बीमकको कार्यालयमा नबुझाए बीमा अभिकताको इजाजतपत्र नवीकरण हुने छैन । बीमा ऐन २०७९ को दफा ११-७ बमोजिम बीमा अभिकर्ताहरुको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइने व्यवस्था रहेको छ । उक्त व्यवस्था कार्यान्वयन गर्न प्राधिकरण यस्तो निर्देशन आएको आकलन गरिएको छ ।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको… 



