
काठमाडौं, २५ माघ । सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा गत आर्थिक वर्षको भन्दा घटेको छ। संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार लघुवित्तको खुद नाफा गएकाे आर्थिक वर्षकोभन्दा कम भएकाे देखिएकाे छ ।
लघुवित्तले यस आर्थिक वर्षको पुससम्म २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। जुन नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा ७४.८६ प्रतिशतले घटेकाे हाे ।
गएकाे वर्ष साही अवधिमा लघुवित्तकाे खुद नाफा ९९ लाख ७ हजार रुपैयाँ रहेकाे थियो। संस्थाकाे खुद ब्याज आम्दानी घटेको छ भने खर्च बढेकाे छ । यी दुबै कारणले नाफा घटेकाे हो।
लघुवित्तको खुद ब्याज आम्दानी १४.८१ प्रतिशतले घटेको देखिन्छ । सञ्चालन आम्दानी १३.२४ प्रतिशतले, कुल सञ्चालन आम्दानी १४.४० प्रतिशतले र सञ्चालन मुनाफा ७८.५८ प्रतिशतले घटेको छ।
लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २९ पैसा घटेर ५ रुपैयाँ ८१ पैसा कायम भएको छ। पुस मसान्तसम्म मूल्य आम्दानी रेसियाे २३८.९६ गुणा रहेको देखिन्छ । प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ८३ पैसा रहेको छ।
लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ । जगेडा कोषमा ३२.८६ प्रतिशतले बढेको छ। सापटी १०.५३ प्रतिशत बढेको छ । निक्षेप २३.३२ प्रतिशतले बढेकाे छ भने कर्जा १७.५२ प्रतिशतले बढेको छ।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको… 



