घूस मागेको अडियो बाहिरिएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

-



     सफल आवाज    
     माघ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् । उनले घुस मागेको अडियो बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बनको लागि पत्र पठाएको बताएको छ ।

एउटा विदेशी एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी आर्थिक लाभ लिने उद्देश्यले कुराकानी भएको अडियो सामग्री फेला परेकाले अनुसन्धानको लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । पत्रमा महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग आर्थिक लाभ लिने उद्देश्यले कुराकानी गरेको प्रमाण भेटिएको उल्लेख छ ।

मन्त्रीस्तरीय निर्णयबाट निलम्बनको पत्र महानिर्देशकलाई लेखिपठाएको मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले जानकारी दिए । महाप्रबन्धक ठाकुरमाथि मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थाल्ने भएको छ।