
काठमाडौं, २९ माघ । सबैमाझ लोकप्रिय छोटो भिडियो प्लेटफर्म टिकटकले भारतमा आफ्नो व्यवसाय बन्द गर्ने भएको छ । चिनियाँ कम्पनी बाइटडान्सको यो एपले अहिलेसम्म भारतमा आफ्नो बिक्री सहायता टोली पनि राखिरहेको थियो । ३ वर्ष पहिले कम्पनीको विश्वव्यापी बिक्री सहायता टोली अर्थात् सेल्स सपोर्ट टिमलाई सघाउ पुर्याउन नियुक्त गरिएका यी टोली पनि अब भारतबाट हट्नेछन् ।
टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, “हामीले भारतमा हाम्रो रिमोट सेल्स सपोर्ट हब बन्द गर्ने निर्णय गरेका छौं । हामी यो कठिन समयमा हामीलाई सहयोग गर्ने कामदारहरूप्रति आभारी छौं ।”
देशको सुरक्षामा जोखिम देखिएको भन्दै भारतको केन्द्र सरकारले करिब ३ वर्षअघि चीनसँग सम्बन्धित करिब ६० वटा एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लागेका एपको सूचीमा टिकटक पनि रहेको थियो । यसपछि टिकटकको मूल कम्पनी बाइटडान्सले भारतमा कामदारको सङ्ख्या घटाएको थियो ।
टिकटकले चीनसँगको सम्बन्धका कारण धेरै देशमा कठिनाइको सामना गर्नु परिरहेको छ । गत वर्षको अन्त्यमा अमेरिकामा सरकारी कर्मचारीका लागि यो प्रतिबन्ध लगाइएको थियो । अमेरिकी सरकारले दिएको स्मार्टफोनमा कर्मचारीले टिकटक प्रयोग गर्न नपाउने नियम राखिएको थियो । चीन अमेरिका विवाद चुलिँदै गएकाले चिनियाँ कम्पनीका उपकरण र टिकटक लगायतका एप अमेरिकामा साइबर सुरक्षाका लागि ठूलो जोखिम मानिँदै आएको छ । टिकटकमाथि प्रयोगकर्ताको डाटा र अन्य संवेदनशील जानकारीको दुरुपयोग गरेको आरोप पनि लागेको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



