
काठमाडाैं, १७ कार्तिक। बेष्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका तोयराज अधिकारी जिम्मेवारीबाट बाहिरिएका छन् ।
तोकिएको सेवाअवधी सकिएपछि उनि आफैं यही २०७७ कार्तिक १७ गतेदेखी जिम्मेवारीबाट बाहिरिएका हुन् । कुशल बैंकरको छबी बनाएका अधिकारीले बैकिङ क्षेत्रमा करिब २ दशकको अनुभव हासिल गरेका छन ।
माछापुच्छ्रे बैंकबाट बैकिङ करियर शुरु गरेका उनी तत्कालिन कास्की फाइनान्सको सिइओ, तत्कालिन कामना विकास बैंकको सिइओ हुँदै बेष्ट फाइनान्सको सिइओ बनेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीले कानुनमा स्नातक समेत गरेका छन् । अधिकारीसँग देशभित्र र बाहिरका विभिन्न बैकिङ तालिमहरुमा सहभागीता जनाएको अनुभव छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



