आज सुनको मूल्य स्थिर,चाँदी प्रतितोला १० रुपैया बढ्यो

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । सुनको मूल्य सोमबार स्थिर रहेको छ । आईतबार छापावाला सुन प्रतितोला ९५ हजारमा कारोबार भएकोमा आज सोहि मूल्यमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजाबी सुन प्रतिताेला ९४ हजार ५ सयमा कारोबार भएको छ । चाँदीको मूल्यमा भने प्रतितोला १० रुपौयाँ बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ । आईतबार चाँदी प्रतितोला १ हजार १९५ मा कारोबार भएको थियो ।