नेप्से ३.३३ अंकले घट्यो, २ अर्ब ४५ करोड बढीको कारोबार

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । नेप्से परिसूचक आज ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा झरेर रोकिएको छ ।आज १९७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजमात्र ६९ लाख हजार ३७ हजार भन्दा बढी शेयर कित्ता खरिद बिक्री भएको छ । १२ वटा समूहमध्येमा ८ वटा समूहको सूचक हरियो भएको छ भने बाँकि राता भएका छन् । आज सबैभन्दा बढी माइक्रोफाइनान्स समूह ६२.३ अंकले बढेको छ । वाणिज्य बैंकको समूह भने ११.६२ अंकले खुम्चिएको छ ।

शिव श्री हाइड्रो, गुराँस लघुवित्त, सारथी नेपाल विद्युत र विशालबजारको मूल्य १० प्रशितले बढेको छ भने जनरल इन्स्योरेन्सको मूल्य ३.१४ प्रतिशतले घटेको छ ।

आज प्राइम बैंकको १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल बैंक दोश्रो र तेश्रो बढी कारोबार गर्नेमा हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ ।