आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा अर्थ मन्त्रालयले सहयोग गर्ने

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित



काठमाडौं,१७ कार्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अधिवृद्धिका लागि सहयोग गर्ने बताएका छन् ।

सोमबार आर्थिक पत्रकार संघ (नाफिज) र अग्रज आर्थिक पत्रकारहरुको भेटमा अर्थमन्त्रीले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका हुन् ।

उक्त कार्यक्रममा नाफिजको तर्फबाट अर्थ मन्त्रालयले यो विषम परिस्थितिमा खेल्नुपर्ने र अवलम्बन गर्नुपर्ने नीतिका बारेमा सुझाव दिइएको थियो । नाफिजले सञ्चारक्षेत्र र अर्थतन्त्रका विषयमा अर्थमन्त्रालयले गर्नुपर्ने १९ बुँदे सुझावपत्र समेत पेश गरेको छ ।

उक्त सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सकारात्मक सुझाव कार्यान्वयका लागि आर्थिक पत्रकारहरुसँग बारम्बार छलफल र अन्तरक्रिया गर्ने बताएका थिए ।