१३ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले १३ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमबार बोलपत्र हुने बिल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको रहेको केन्द्री बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिनको २ अर्ब २३ करोड ३२ लाख र १८२ दिन अवधि रहेको ६ अर्बको ट्रेजरी विल जागरी गर्न लागेको हो । २८ दिनको लागि ५ अर्बको ट्रेजरी बिल चैत ७ गते परिपक्व हुनेछ ।

यसैगरी ९१ दिनका लागि जारी गर्न लागिएको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल २०८० जेठ ९ गते परिपक्व हुनेछ । यसैक्रममा १८२ दिनका लागि जारी हुन लागेको ६ अर्बको ट्रेजरी बिल २०८० साउन भदौ ५ गते परिपक्व हुने बैंकले जनाएको छ ।

के हो ट्रेजरी बिल?

ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । बोलकबोलमा सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन पाउनेछन् ।