ज्योति लााइफले २६ करोडले बढायो बीमा शुल्क, अन्य सूचक कस्ता छन् ?

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । ज्योति लााइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले व्यवसाय विस्तारबाट बीमा शुल्क संकलनलाई ९८.७९ प्रतिशत अर्थात २६ करोड १० लाख रुपैयाँले बढाएको हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २६ करोड ४२ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ करोड ८३ लाख रुपैयाँ र बीमालेख धितोमा ३७ करोड १० लाख रुपैयाँ लगानी गरी ७८ लाख ४६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सले ७ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ९१.८७ प्रतिशत अर्थात ३ करोड ४६ लाख रुपैयाँले बढी हो ।