सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित



काठमाडमाौं, १८ कात्तिक । सोमबार स्थिर रहेको सुनको मूल्यमा आज वृद्धि भएको छ । साथै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । छापावाला सुन प्रतितोला ४०० रुपैयाँ बढेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुनको मूल्यमा पनि वृद्धि भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार र सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी ५ रुपौयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।