सानिमा जनरल इन्स्योरेन्सको शेयर काराेबार आजबाट

-



     सफल आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित



कठमाडौं, १९ कात्तिक । सानिमा जनरल इन्स्योरेन्सको आइपीओ हिजाे नेप्सेमा सूचिकरण भएपछि आजबाट कारोबार खुला भएको छ ।

नेप्सेले तोकिदिएको पहिलो कारोबार न्यूनतम १०३ रुपैयाँ ७३ पैसा रहेको छ । अधिकतम यो ३११ रुपैयाँ १९ पैसासम्म हुनेछ । यसको कारोबार एसजिआई संकेतमा खुला हुने भएको छ । सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर सूचिकरण भएको छ ।