सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता लिने

-



     सफल आवाज    
     फागुन १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ फागुन । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । आज सोमबार बिहान बसेको दलको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । दलसम्बद्ध स्रोतका अनुसार सरकारबाट बाहिरिने र यो सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय सचिवालय बैठक गरेको हो ।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सघाउने निर्णय गरेसँगै नेकपा एमालेले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले रुष्ट हुनुमा सरकार गठनका क्रममा गएको पुस १० गते भएको सहमति अनुरुप राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्नु रहेको छ ।