शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । शुक्रबाार सुनचाँदीकाे मूल्यमा बृद्धि भएकाे छ । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेको हाे । छापावाला सुन प्रतितोला ९७ हजार २ सय मा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँँले बढेर १ हजार २५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।

बिहिबार छापावाला सुन तोलाको ९६ हजार २ सय मा कारोबार भएको थियो । तेजाबी सुन ९५ हजार ७ सय तथा चाँदी प्रतितोला १ हजार २१० मा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा आज सुन प्रति अउन्स एक हजार ९४० डलरमा खरिदबिक्री भएको महासंघले जनाएकाे छ ।